|

हेटौंडा : प्रदेश ३ को प्रदेशसभाको बैठक दुई महिनापछि आइतबार बस्ने भएको छ। ५९ दिनपछि आइतबार २ बजे बैठक बस्ने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।

बैठकमा विशेष समय लिएर मुख्यमन्त्री, प्रतिपक्ष दलका नेताहरुले बोल्ने सम्भावित कार्यसुुची रहेको सचिवालयले जनाएको छ। यस्तै, बैठकमा तीन वटा विधेयक र दुई वटा प्रतिवेदन पेश हुनेछ।

संसदमा ‘सार्वजनिक निजी सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘प्रदेश सवारी ऐन संशोधन गर्न बनेको विधेयक’ र ‘प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी विधेयक’ पेश हुनेछ। यस्तै, औद्योगिक व्यवसाय ऐनसम्बन्धी विधेयकको प्रतिवेदन र राष्ट्रिय वनसम्बन्धी ऐनको व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन पनि संसदमा पेश हुने सचिवालयले जनाएको छ।

बैठकमा प्रतिपक्ष दलका नेता, अन्य सांसदहरुले राजधानी र नामाकरणको विषय उठाउने तयारी गरेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.