|

सुनसरी । जोगवनीबाट ठूलो परिमाणमा सामान ल्याउन बन्देज गरेपछि सुनसरीको भन्टाबारी छोटी भन्सार हुँदै भारतीय समान आयात हुने भएको छ। जोगवनी विराटनगर नाकाको विकल्पका रूपमा भारतको वीरपुर हुँदै सुनसरीको भाण्टावारी नाका प्रयोग गर्न आग्रह गरको हो।

विराटनगरदेखि ८ किलोमिटर दक्षिणतर्फको मीरगञ्ज पुल जीर्ण छ। ०७४ सालको बाढीबाट क्षति पुगेको मिरगञ्ज पुलमा भारतले ४० टनभन्दा बढी सामाग्री बोक्न प्रतिबन्ध लगाएको हो ।

ठूलो परिणाममा आयात निर्यात नहुने भएपछि नेपाल–भारतका ठूला मालवाहक सवारी साधनको आवागमनमा कठिनाइ उत्पन्न हुन् नदिन विकल्पको रूपमा भाण्टावारी नाका भारतले देखाएको हो।

भारतले आफ्ना माताहतका निकायलाई पुलमा ४० टनभन्दा बढी भार भएका सवारी साधनको प्रवेशमा रोक परिपत्रसमेत जारी गरेको छ।

भारतले अगष्ट पहिलो साता परिपत्र जारी गर्दै ठूला मालवाहक सवारी साधन वीरपुर हुँदै नेपाल पठाउन आदेश दिएको हो। आन्तरिक सर्कुलरमा मिरगञ्ज पुलमा ४० टन भन्दामाथिका सवारीलाई प्रवेश गर्न नदिन निर्देशन दिइएको हो।

जीर्ण पुलका कारण जोगबनीबाट ठूला मालवाहाक गाडी आउन सक्दैनन। त्यसैले, ६० किलोमिटर पश्चिमतर्फ वीरपुर हुँदै भण्टावारी भएर ठूला मालवाहक सवारी साधन नेपाल–भारत आवत–जावत गर्नुपर्ने हुन्छ।

बेलीब्रिज लगाउन नेपालको माग, भारतले भन्यो : ’ठूला गाडीका लागि सम्भव छैन’

पुलमा क्षति पुगेलगत्तै भारतीय पक्षले ठूला मालवाहक सवारी साधन प्रवेशमा रोक लगाएपछि नेपाली पक्ष छलफलका लागि पुगेको थियो। नेपाल र भारतको स्थानीय प्रशासनबीच भएको छलफलमा नेपाली पक्षले बेलीब्रिज निर्माणको प्रस्ताव गरे पनि भारतले भने स्वीकारेन।

भारतीय पक्षले बेलीब्रिज दीर्घकालीन नहुने बताउँदै पुनर्निर्माण गर्न नसकिने जनाएको हो। त्यहाँ बेलीब्रिज राख्न नमिल्ने उल्लेख गर्दै भारतीय प्रशासनले गरेको सर्कुलेशनमा ४० टन भन्दामाथिका मालवाहक सवारी साधनलाई वीरपुर हुँदै नेपाल पठाउन विकल्प दिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.