समाज : सुरक्षा/अपराध

शालिकराम मृत्यु प्रकरण : अस्मिताको बयान सकियो, रवि र युवराजको भोलि

भदौ ८, २०७६

    चितवन : पत्रकार शालिकराम पुडासैनी मत्यु प्रकरणका आरोपीको बयान भोलिसम्मका लागि लम्बिएको छ। जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार आइतबार पुडासैनीकी प्रेमिका भनिएकी अस्मिता कार्की रुकुको बयान सकिएको छ। बाँकी २ जना रवि लामिछाने र युवराज कँडेलको बयान भोलि बिहान १० बजेपछि लिइने छ।

    अदातलका मुख्य न्यायधिस हेमन्त रावलको इजलासमा लिखित बयान लिइएको हो। उनीहरूलाई आइतबार प्रहरी हिरासतमानै राखिने छ। सरकारी वकिलको कार्यालयले आत्महत्या दुरुत्साहनसम्बन्धी अभियोगपत्र आइतबार चितवन जिल्ला अदातलमा दर्ता गराएपछि बयान लिन सुरु भएको थियो।

    प्रहरीले आइतबार बिहान १० बजेपछि सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन मिसिलसहित पेस गरेको थियो। एउटै इजलासमा पालैपालो बयान लिइने भएकाले बयान लम्बिएको हो। बयान सकिएपछि भोलि बहस हुनेछ। बहसपछि मात्रै रिहा गर्ने वा कारागार चलान गर्ने आदेश अदालतले दिनेछ।

    मृत्यु प्रकरणका आरोपी रवि, युवराज र अस्मितालाई गएको साउन ३० गते काठमाडौंबाट पक्राउ गरी चितवन ल्याई प्रहरी हिरासतमा राखिएको छ। पत्रकार पुडासैनी साउन २० गते नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुको कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

उर्गेन तामाङ

तामाङ थाहा खबरका चितवन समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]