अर्थ : बैं‌किङ

ग्लोबल आइएमई बैंकको व्यवसायी कर्जा अब तीन दिनमै
SHARES

भदौ ८, २०७६

    काठमाडौं : ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा तीन दिनभित्र उपलब्ध गराउने भएको छ।

    कर्जा लिनका लागि धेरै समय लागिरहेको अहिलेको परिप्रेक्षमा ग्राहकलाई छिटो छरितोरूपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरूलाई हौसला र साथ प्रदान गर्दै उत्पादनमा वृद्धि गर्ने उद्देश्यका साथ बैंकले कर्जा लिने समयावधि घटाएको हो।

    अब उक्त कर्जा लिन चाहने व्यक्तिले आवश्यक कागजात बैंकमा पेस गरेको ३ दिनभित्र बिना झन्झट आकर्षक व्याजदरमा कर्जा प्राप्त गर्न बैंकले जनाएको छ। लक्षित ग्राहकले यो कर्जा सुविधा नेपाल भरी फैलिएका ग्लोबल आइएमई बैंकका १४१ वटा शाखामार्फत छिटो छरितो रुपमा उपभोग गर्न बैंकले जारी गरेकी विज्ञप्तिमा उल्लेख गरिएको छ।

    विज्ञप्तिमा उल्लेख भएअनुसार यस सेवाअन्तर्गत आफ्नो व्यवसाय विस्तार गर्ने उद्देश्य लिएका साना व्यसायीलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा ५ लाखदेखि ६ करोड रुपैयाँसम्म ऋण उपलब्ध गराइने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]