काठमाडौं : सिनामंगलमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
आइतबार राति भएको सवारी दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
टिपरले तीनओटा मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौंका प्रमुख बसन्त पन्तले जानकारी दिए।
ठक्कर दिने टिपरको खोजि जारी रहेको र शंकास्पद केही टिपरलाई नियन्त्रणमा लिइएको एसएसपी पन्तले बताए। उनका अनुसार टिपरले बा ३८प २३९३, बा ४३ प ८७३५ र बा ८५ प ५६९ नम्बरका मोटरसाइकलहरूलाई ठक्कर दिएको थियो।
मृतकको पहिचान खुल्न सकेको छैन भने घाइतेहरूको नयाँ बानेश्वरस्थित सिभिल हस्पिटलमा उपचार भइरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।