काठमाडौं : गत आर्थिक वर्षमा रेमिट्यान्समार्फत पौने ९ खर्ब रुपैयाँ मुलुक भित्रिएको छ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष नेपाल भित्रिएको रेमिट्यान्स करिब १५ प्रतिशतले बढेको हो। आर्थिक वर्ष ०७४÷७५ मा ७ खर्ब ५५ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स नेपाल आएको थियो। अघिल्लो वर्षको तुलनामा गत वर्ष साढे ८ प्रतिशतको वृद्धि भएको समाचार कान्तिपुर दैनिकमा छ।
गत आर्थिक वर्षका सुरुका महिनामा रेमिट्यान्स वृद्धिदर उच्च भए पनि पछिल्ला महिनामा निरन्तर रूपमा घटदै गएको थियो। सोही क्रममा असारसम्म आइपुग्दा रेमिट्यान्स वृद्धिदर १५ प्रतिशतको हाराहारीमा बसेको छ। यसको अर्थ अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष थप १ खर्ब रुपैयाँभन्दा केही बढी रकम रेमिट्यान्समार्फत नेपाल आएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।