|

काठमाडौं : सिद्धार्थ बैंकले धनुषाको रामानन्द र बाँकेको बिपी चोकमा एकसाथ आफ्नो शाखा सञ्चालनमा ल्याएको छ। सोमबार धनुषाको रामानन्द चोक र बाँकेको बिपी चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको जनाएको छ।

बैंकिङ प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

यी क्षेत्रसहित सहित बैंकका देशभर १६३ वटा शाखा सञ्चालनमा आएका छन्। बैंकका (४ एक्सटेन्सन काउन्टरसहित), १०१ शाखारहित बैंकिङ सेवा, १७८ एटिएम  र १,५०० भन्दा बढी एइक् मेसिनमार्फत उच्चस्तरिय बैंकिङ सेवा सञ्चालनमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.