|

डडेल्धुरा : सुदूरपश्चिमेलीको महान पर्व गौराको अवसरमा डडेल्धुरामा ‘राष्ट्रिय गौरा महोत्सव’ सोमबारदेखि सुरु भएको छ।

विगतका वर्षहरू झैं यस वर्ष पनि राधाकृष्ण मन्दिर विकास समितिले ‘राष्ट्रिय गौरा महोत्सव २०७६’ आयोजना गरेको हो। महोत्सवको सोमबार एक औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ। सोमबार सुरु भएको गौरा महोत्वसव १२ गतेसम्म जिल्ला सदरमुकामको बसपार्कमा आयोजना हुने आयोजक राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुराले जनाएको छ।

महोत्सवमा प्रतिस्प्रधात्मक गौरानाच, वालो नाच, चैत, धुमारी, फाग, घुइच्म्फा, हुडकेली, महिला तथा पुरुष खुल्ला डेउडा प्रतियोगिताको भइरहेको राधाकृष्ण मन्दिर विकास समितिका अध्यक्ष देवराज भट्टले बताए। गौरा महोत्सव सुरु भएसँग सदरमुकाम क्षेत्रमा देउडाको रौनकता छाएको छ। देउडियाले राजनीतिक व्यंगसँगै सामाजिक कुरीति र विसंगतिविरुद्ध देउडा गाउने गरेका छन्। 

जसबाट समाजमा परिवर्तनको सन्देश प्रवाह हुने गरेको छ। पुराना माया प्रितिका देउडा भाका भने हाल विरलै सुन्न पाइने गरेको छ। सुदूरपश्चिमेलीको महान पर्व गौरा भदौ ३ गतेबाट आरम्भ भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.