|

काठमाडौं : चलचित्र ‘जीवन काँडा कि फूल’को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानीमा मंगलबार एक कार्यक्रमको आयोजना गरी निर्माण पक्षले चलचित्रको ट्रेलर र सिनेमाघरमा आउँने मिति सार्वजनिक गरेको हो। चलचित्र सिनेमाघरमा कार्तिक २२ गते आउने घोषणा निर्माण पक्षले गरिएको छ।

चलचित्रको ट्रेलरलाई नेपाल चलचित्र कलाकार संघका उपाध्याक्ष मोहन निरौला, जीवन काँडा कि फूलका निर्माता तथा निर्देशक विनोद विष्ट, निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष तथा सञ्चारकर्मी शान्तिपृयलगायतले चलचित्रको ट्रेलर सार्वजनिक गरेका थिए।

साहित्यकार झमक घिमिरेको जीवनमा आधारित चलचित्र ‘जीवन काँडा की फूल’को ट्रेलर सार्वजनिकपछि अतिथिहरूले ट्रेलर हेर्दा चलचित्र राम्रो बनेको भन्दै चलचित्रलाई शुभकामना दिएका थिए।

चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारीले सहजीकरण गरेको कार्यक्रममा नायिका तथा गायिका सारिका घिमिरले स्वागत मन्तव्य राखेकी थिइन्।

चलचित्रमा झमक सानो छँदाको भूमिकामा सिलगुडिकी अवस्था थापा र ठूला हुँदाको भुमिका काठमाडौंकी रोजिता वुद्धचार्यले गरेका छन्। त्यस्तै, झमकको बहिनीको भूमिकामा सारिका घिमिरे, बुबाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरीलगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ।

झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा/संवाद रहेको चलचित्रमा झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ। प्रकाशकै संगीत रहेको गीतमा जुनु गौतमको स्वर रहेको छ भने नृत्य निर्देशक कमल राई रहेका छन्।

शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन, रिता बलामी र विमला तामाङको मेकअप रहेको यो चलचित्रको सह निर्माता जुनु गौतम हुन भने कार्यकारी निर्मातामा बद्री चौहान र उमेश सुवेदी रहेका छन्।

विष्टले यसअघि ‘प्रेम प्रतीक्षा’, ‘रणसंग्राम’ र ‘म कसरी भनूँ’ जस्ता चलचित्र निर्माण/निर्देशन गरिसकेका छन्। चलचित्र ‘जीवन काँडा कि फूल’लाई वालाजी टेली फिल्म सुनिल मानन्धरले वितरण गर्दैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.