|

ललितपुर: ललितपुरको कुमारीपाटीमा बाजेको सेकुवाको नयाँ फ्रेन्चाइज सञ्चालनमा आएको छ। बुधबारबाट कुमारीपाटीमा फ्रेन्चाइज सञ्चालनमा ल्याइएको हो।

कुमारीपाटीमा रहेको बाजेको सेकुवामा २० जनाले  रोजगारी पाएका छन्।काठमाडौं उपत्यकाको सिनामंगलबार चार दशकअघि सुरु भएको बाजेको सेकुवा रेस्टुरेन्ट अन्तर्गत अहिले उत्यकाबाहिर ३ ओटा आउटलेटसहित ११ ओटा रेस्टुरेन्ट सञ्चालनमा छन्। तीमध्ये अनामनगर, स्रोहखुट्टे, गैरीधारा र बत्तीसपुतलीमा सबै लगानी कम्पनीका प्रवर्द्धकको छ भने बाँकी फ्रेन्चाइज हुन्।

उपत्यकाबाहिर पोखरा, भरतपुर र बुटवलमा फ्रेन्चाइज मोडेलमा रेस्टुरेन्ट सञ्चालन भइरहेको छ भने अमेरिकाको न्युयोर्कमा पनि बाजेको सेकुवा ‘हिमालयन ग्रिल’का रुपमा फ्रेञ्चाइज सञ्चालनमा छ। अमेरिकाकै डालसका लागि फ्रेन्चाइज सम्झौता अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ। 

 बाजेको सेकुवा नेपालभित्र जनकपुर, नेपालगन्ज, वीरगन्जमा र नेपालबाहिर अमेरिका, अस्ट्रेलिया र बेलायतमा आगामी दुई वर्षभित्रमा रेस्टुरेन्ट सञ्जाल विस्तार गरिसक्ने लक्ष्य रहेको कम्पनीले जानकारी दिएको छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.