|

डडेल्धुरा : डडेल्धुरामा सदरमुकाम खलंगामा बाघजात्रा निकालिएको छ। बुधबार जिल्ला सदरमुकामका स्थानीय बासिन्दाले बाघजात्रा निकालेका हुन्। पहिले पहिले निकालीने बाघजात्रा विगत केहि वर्षदेखि मनाउन छोडिएको थियो।

परम्परादेखि मनाउँदै आएको यो जात्रा पछिल्लो समय जात्रामा सहभागि हुने कलाकारको अभाव तथा विविध कारणले लोपको संघारमा पुगेको थियो। यसको उजागर, संरक्षण तथा नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले जात्रा गरिएको हो।

जात्रामा बाघ, राजारानी, आर्मी, शिकारीलगायतको अभिनय गरिएको थियो भने बागजात्रा हेर्नेको भीड लागेको थियो। प्राचीन समयमा वनजंगलबाट बाघ तथा अन्य जंगली जनावर गाउँमा आएर दुःख दिने हुदाँ बाघलाई खुसी पार्न यो जात्रा मनाउने प्रचलन छ।

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.