|

चितवन : मृतक पत्रकार शाालिकराम पुडासैनीका दाजु विष्णु पुडासैनीले चितवन जिल्ला अदालतको आदेशले भाइको हत्या भएको आशंका बढाएको बताएका छन्। 

आत्महत्या दुरुत्साहन मुद्दा खेपिरहेका सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्की धरौटीमा रिहा भएपछि विष्णुले थप आशंका बढेको बताएका हुन्। 

अदालतले शालिकरामको भिडियो अर्को व्यक्तिले खिचेको हुनुपर्छ भनेकाले आफुहरुलाई आत्महत्या नभई हत्या हो भन्‍नेतर्फ अनेक आशंका बढाएको उनको भनाई छ।  यद्यपी उनले आफुहरु न्यायको प्रतिक्षामा रहेको बताएका छन्। 

प्रहरीको अनुसन्धान तथा पोसमार्टम रिपार्ट लगायत विभिन्न रिपोर्टले आत्महत्या नै भएको पुष्टि गर्दै आत्महत्या दुरुत्साहत मुद्धा दर्ता गरेको थियो। यस्तो अवस्थामा अदालतको आदेशमा अर्को व्यक्तिले भिडियो खिचेको हुनुपर्छ भन्दा कसैले बाध्यतामा पारेर भिडियो खिचेर हत्या गरेको हुनसक्ने विष्णुको दावी छ। 

अदालतको आदेशपछि घट्ना थप रहस्यमय बनेको उनको भनाई छ। विष्णुले भने, ‘शालिकरामले भिडियोमा रवि लामिछानेसहित युवराज र अस्मिताको नाम लिएकाले उनीहरुविरुद्ध जाहेरी दिएका हौँ। तर अदालतको आदेशमा दोस्रो व्यक्तिले भिडियो खिचेको हुनुपर्छ भनेपछि हत्या भएको आशंका बढेको छ।’ 

यद्यपि अदालतमा पुगेको विषय भएकाले आफुहरु न्यायको प्रतिक्षामा रहेको उनले सुनाए। भिडियो खिच्ने दोस्रो व्यक्तिको पनि खोजी गर्न प्रहरी प्रशासनसँग परिवारले माग गरेको छ। अब कसरी अघि बढ्ने भन्‍ने विषयमा परिवार र सरोकारपक्षबीच सल्लाह भइरहेको विष्णुले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.