|

पर्सा : मुलुकभर २९७ शाखा रहेको एनआईसी एशिया बैंकले यो पटक सुपर चमत्कारिक योजना विस्तार गरेको छ। गतवर्ष चमत्कारिक योजना संचालन गरेको एनआइसी एशियाले यो पटक अझ सेवालाई विस्तार गरी सुपर चमत्कारिक योजना विस्तार गरेको हो।

बैंकभन्दा बाहिर रहेका सर्वसाधारणलाई पनि बचत गर्ने बानीको विकास गराउने उद्देश्यले बैंकले थप सेवाहरू परिस्कृत गरेको प्रदेश २ का क्षेत्रीय उपप्रमुख मनु शर्माले बताए। यो योजना बैंकले आफ्नो २२ औं वार्षिकोत्सवको अवसर पारेर विस्तार गरेको उनको भनाइ छ। बैंकले सर्वसाधारणका माझमा लिएको आएको नयाँ योजनालाई ‘सुपर चमत्कारिक' भनिएको प्रदेश २ अन्तर्गतको उपक्षेत्रीय कार्यालयका प्रमुख बेलाल अहमदले बताए।  

सुपर चमत्कारिक योजनाअन्तर्गत विशेष खालका ३० वटा योजना समेटिएको बैंकको वीरगन्ज शाखा प्रमुख पूजा खेतानले बताइन्। नयाँ योजना विस्तार गर्नु नै बैंकको पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणलाई पनि समेट्ने लक्ष्य रहेको उनको तर्क छ।

'नयाँ योजनाअन्तर्गत बचत खातामा सबैभन्दा मुख्य आकर्षण भनेको निक्षेप योजनामा १ करोड ३१ लाख ५० हजार सम्मको बीमा सुरक्षा हो' शाखा प्रमुख अग्रवालले भनिन्। यो योजना अन्तर्गत परिवारका सम्पूर्ण सदस्यहरुले दुर्घटनाबाट मृत्यु भए वा अशक्त भए पनि १ करोडसम्मको बीमा सुविधा पाउने, दम्पतिको लागि २५ घातक रोगको लागि ३० लाखसम्मको बीमा सुविधा र परिवारका लागि १ लाख ५० हजार सम्मको औषधि उपचार बीमाको पनि सुविधा बैंकले समेटेको वीरगन्ज शाखा प्रमुख खेतानको भनाइ छ।

यो योजनाअन्तर्गत सुपर चमत्कारिक बचत खाता, सुपर चमत्कारिक नारी बचत खाता, सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाता, सुपर चमत्कारिक बाबुनानी बचत खाता, सुपर चमत्कारिक विद्यार्थी बचत खाता, सुपर चमत्कारिक स्वरोजगार बचत खाता र सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाता रहेका छन्।

त्यसै गरी सुपर चमत्कारिक उद्यमशिल बचत खाता, सुपर चमत्कारिक तलब बचत खातासमेत रहेको वीरगन्ज शाखाकी इन्द्रा अग्रवालको भनाइ छ। मुलुकभरी २९७ शाखा कार्यालय रहेको नेपालकै सबैभन्दा ठूलो बैंकिङ सञ्जाल भएको बैंकको ३४६ वटा एटिएम, ५८ वटा एक्ष्टेन्सन काउन्टर एवं ४१ वटा शाखा रहित बैंकिंगमाफर्त सेवा प्रवाह गरिरहेको जनाइएको छ। बैंकसँग अहिले झण्डै १८ लाख ग्राहक जोडिसकेको र ३ अर्ब १५ करोड जति त सरकारलाई राजश्व समेत बुझाइरहेको प्रदेश २ का क्षेत्रीय उपप्रमुख शर्माको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.