समाज : सुरक्षा/अपराध

रवि लामिछानेविरुद्ध अदालतको मानहानी मुद्दा
SHARES

फाइल फोटो
भदौ १३, २०७६

    कञ्चनपुर : टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दर्ता भएको छ।

    रविका विरुद्ध अदालतको मानहानी गरेको आरोप लगाउँदै कञ्चनपुरको निर्मला पन्तको बलात्कार तथा हत्या अभियोगमा मुछिएका दिलीप विष्टका दाइ खड्क विष्टले मुद्दा दर्ता गरेका हुन्। विष्टले लामिछाने, टिभी च्यानल न्यूज २४ र निर्मला बलात्कार र हत्या घटनाको अनुसन्धानमा लापरवाही गरेको भन्दै बर्खास्त भएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायव उपरीक्षक अंगुर जिसिविरुद्ध निवेदन दर्ता भएको अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए।

    न्यूज २४ टेलिभिजनमा सञ्चालन हुने कार्यक्रम 'सिधा कुरा जनतासँग' कार्यक्रममा मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेका बेला बर्खास्त प्रहरी नायव उपरीक्षक जिसीको अन्तर्वार्ता लिएर अदालतको मानहानी गरेको आरोप लगाउँदै निवेदन दर्ता भएको अवस्थीले बताए।

    दर्ता गरिएको निवेदन सोमबार न्यायाधीशसमक्ष पेश गरिने उनले बताए। त्यसपछि अन्य प्रकिया अगाडि बढ्ने अवस्थीको भनाइ छ।

    लामिछाने पछिल्लो समय पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पाँच लाख धरौटी बुझाएर रिहा भएका व्यक्ति हुन्। उनी ११ दिन चितवनको प्रहरी हिरासतमा रहेर अदालतको आदेशअनुसार ५ लाख धरौटी बुजाएर रिहा भएका हुन्। यसैबीच उनीविरुद्ध कञ्चनपुरको अदालतमा मुद्दा परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]