|

हेटौंडा : कुनै समय हेटौंडाको पुष्पलाल पार्क भन्ने बित्तिकै मान्छेले नाक खुम्च्याउने गर्थे, कारण थियो अनैतिक क्रियाकलाप र लागुऔषध दुर्व्यसनीको अड्डा। अहिले त्यहि पुष्पलाल पार्कमा मानिसहरू पुग्नको लागि आतुर हुन्छन्, सुख-दुःखका गफदेखि पढ्नेसम्म स्थान बनेको छ, पुष्पलाल पार्क प्रदेश ३ को अस्थायी राजधानी रहेको पुष्पलाल पार्कमा अहिले दैनिक ५ सय मान्छे पुग्छन्। शनिबार साँझ त खुट्टा टेक्ने ठाउँ नै नहुने पार्कको व्यवस्थापन पक्ष हेरिरहेका ब्रम्हकुमारी राजयोग सेवा केन्द्रका संरक्षक विजय राज सिग्देलले बताए।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक स्व. पुष्पलाल श्रेष्ठको स्मृतिमा स्थापित पुष्पलाल पार्क सुन्दर बगैँचा र पोखरीको अवलोकन गर्ने मनोरम स्थान हो। पुष्पलाल स्मृति पुस्तकालयसमेत सञ्चालित छ। केहि वर्षअघिसम्म हेटौँडा–५ मा रहेको पुष्पलाल पार्क लागूऔषध दुर्व्यसनी तथा युवकयुवतीको अनैतिक क्रियाकलाप गर्ने थलोको रुपमा बदनाम थियो। तर, अहिले परिचय फेरिएको छ। २/३ वर्षको अवधिमा शान्ति, स्वास्थ्य तथा पारिवारिक मनोरञ्जन गर्ने स्थलको रुपमा पार्कलाई परिणत गरिएको हो।

४० भन्दा थरीका गुलाव, ३ सय  ५० प्रकारका फूल रापेर पार्क सजाइएको  छन्। डिप बोरिङमार्फत पानी निकाली पोखरीमा २ वटा डुंगासमेत सञ्चालनमा ल्याइएको छ। प्रवेश निःशुल्क छ भने डुंगा चढ्न चाहनेले निश्चित दरले शुल्क तिर्नुपर्ने  हुन्छ।  पार्कमा भगवान् शिव शंकरको मूर्तिसमेत निर्माण गरिएको छ। पार्कस्थलमै बैठक हलसमेत निर्माण गरिएको र त्यस हललाई जुनसुकै संस्थाले निःशुल्क उपयोग गर्न सकिने व्यवस्था छ।  पार्कको बीचमा रहेको तलाउमाथि ध्यान केन्द्रसमेत रहेको छ।  अहिले हेटौँडा पुगेका मान्छेले पुष्पलाल जाने भन्ने बित्तिकै आहा पुष्पलाल भन्न थालेका छन्। 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.