|

काठमाडौं : सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा हसना शर्मा नियुक्त भएकी छन्। बैंकको भादौ १२ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालार्ई स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त गरेको हो।

शर्मासँग कर्मचारी संचय कोषको उच्च व्यवस्थापकीय तहका साथै विभिन्न बैंक तथा वित्तीय संस्थामा संचालक समितिको अध्यक्ष तथा संचालकका रुपमा कार्य गरिसकेको लामो अनुभव छ।         

बैंकिङ प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आएको छ। देशभर बैंकका १६३ वटा शाखा सञ्चालनमा आएका छन्।

बैंकका (४ एक्सटेन्सन काउन्टरसहित), १०१ शाखारहित बैंकिङ सेवा, १७८ एटिएम  र १,५०० भन्दा बढी एइक् मेसिनमार्फत उच्चस्तरिय बैंकिङ सेवा सञ्चालनमा छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.