|

काठमाडौं :  चिनीयाँ ह्याकरले नेपाली बैंकका एटिएमबाट नेपाल र भारतमा गरि तीन करोड ६८ लाख रुपैयाँ भन्दा बढी रकम चोरी गरेपछि आइतबार बन्द भएका एटिएमहरू सुचारु भएका छन्। तर एउटा बैंककाे सम्बन्धित बै‌ंक बाहेक अन्य बैंकमा भने चलेकाे छैन्।

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले आइतबार दिउँसो केहि समय एटिएम बन्द भए पनि साँझबाट सञ्चालन आएको जानकारी गराए।

प्रवक्ता निरौलाले सर्वसाधरणको निक्षेप पूर्ण रुपमा सुरक्षित रहेको भन्दै सर्वसाधरणलाई नआत्तिन समेत आग्रह गरेका छन्। अहिले नेपाली बैंकका साढे ३३ खर्बभन्दा बढीको निक्षेप रहेको छ।

प्रवक्ता निरौलाले ह्याकरहरूको सक्रियतलाई राष्ट्र बैंकले गम्भिरताका साथ लिएर अध्ययन सुरु गरेको जानकारी दिए।   राष्ट्रबैंकले छानबिन र अध्ययनका लागि समिति गठन गरेकाे छ। भुक्तानी विभागका कार्यकारी निर्देशको बोमबहाहदुर मिश्रको संयोजकत्वमा गठित समितिले  बुधबारसम्म प्रतिवेदन बुझाउनु पर्ने समायवधि तोकिएको छ। मिश्रको समितिले प्रतिवेदन बुझाएपछि राष्ट्र बैंकले आवश्‍यक कदम चाल्ने जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.