वडाअध्यक्षलाई कार्यवाहकको जिम्मेवारी

|

काठमाडौः काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी एकसाथ विदेश यात्रामा निस्केका छन्। सामान्यत: मेयर र उपमेयर एकैपटक विदेश जान पाउने व्यवस्था लत्याउँदै दुवैजना विदेश यात्रामा निस्किएका हुन्। 

सोमबार बिहान महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खडगी र विदेश विभागका कर्मचारी यम बस्याल  फिनल्याण्ड भ्रमणमा निस्किएका हुन्। 

मेयर-उपमेयर दुवै विदेश यात्रामा निस्किएपछि कार्यवाहक मेयरकत्त जिम्मेवारी वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठलाई दिइएको छ। श्रेष्ठलाई तीन दिनका लागि कार्यवाहक प्रमुख बनाइएको छ।

महत्वपूर्ण काम र निर्णयत तत्कालका लागि नरहेकाले दुवैजना विदेश भ्रमणमा गएका श्रेष्ठले बताए। 'सामान्य निर्णय गर्ने अधिकार पनि पाएको छु',  उनले भने। इन्द्रजात्रा पर्वको लागि गर्नुपर्ने सबै निर्णय गरिसकेको हुनाले कार्यवाहक अध्यक्षले खासै केही निर्णय गर्नुपर्ने उनले प्रतिक्रिया दिए ।

पर्यटन वर्षलाई लक्षित गरी दुवैजना प्रचारका लागि गएको उनले बताए। महानगरभित्रका पर्यटकीय क्षेत्रको प्रचारका लागि दुवैजना विदेश गएको श्रेष्ठले जानकारी दिए ।

तर मेयर शाक्य र उपमेयर खड्गी प्राकृतिक प्रकोप व्यवस्थापनको कार्याशाला गोष्ठीमा भाग लिन गएको महानगरपालिका कार्यालयले जनाएको छ।

काठमाडौं महानगरपालिका पनि विश्व पर्यटन संघको सदस्य हो। त्यही निमन्त्रणमा मान्‍न प्रमुख र उपप्रमुख दुवै फिन्ल्यान्डतर्फ गएका महानगर स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.