|

कपिलवस्तु : कपिलवस्तुको शुद्धोधन गाउपालिका-६ बेलभरिया नजिकको नदीमा नुहाउँदा बेपत्ता भएका तीनैजनाको शव फेला परेको छ। तीजको दिन बेतिनदीमा नुहाउन पसेर बेपत्ता रहेका उनीहरूको शव मंगलबार फेला परेको हो ।

सोमबारदेखि नै खोजीकार्यलाइ तीव्रता दिएसँगै मंगलबार बिहान बेचनप्रसाद कहारकी १५ वर्षीया छोरी तारा कहारको शव भेटिएको प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए । 

यस्तै मंगलबार दिउँसो घनश्याम रैदासकी-८ वर्षीया छोरी खुस्वु रैदास र कमलेस कोहारकी २५ वर्षीया पत्नी तारामति कोहारको शव पनि फेला परेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए।

शव शुद्धोधन गाँउपालिका-६, मनखोरीयामा भेटिएका हुन्। उनीहरू बाख्रा हेर्दै नुहाउन खोलामा पसेका थिए। खोलामा पसेका ५ जनामध्ये ३ जना डुबेका थिए। खोजी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.