|

सलाही : सर्लाहीमा अमेरिकन फौजी किराले मकै बाली नष्ट पार्न थालेपछि किसान चिन्तित भएका छन्। सयौँ बिगहामा लगाएको मकैवाली फौजी किराले नष्ट पार्न थालेपछि किसान चिन्तित बनेका हुन्। 

जिल्लाको बागमती नगरपालिकाको राजघाट, शंकरपुर र बरहथवा नगरपालिकाको हजरिया लगायत बिभिन्न ठाउँमा ब्यवसायिक रुपमा मकैखेती गर्दै आएका किसानको सयाैं बिगाह क्षेत्रफलमा लगाइएको मकै फौजी किराले खाएर नष्ट पारेको बागमति नगरपालिका ६ का वडाध्यक्ष गोविन्द राईले जानकारी दिए।

यसरी किराको प्रकोपले मकैबाली सखाप पार्न थालेपछि एग्रोभेटबाट किनेर लगेको बिषादीले किरा नमरेको शंकरपुर ८ का आकाश लोप्चनले बताए। त्यस्तै आफूले १० कठ्ठामा लगाएको मकैको सबै पात किराले खाएर बिरुवा ठुटो बनायो, किरा मार्ने बिषादी तीन पटक लगाइसके पनि किरा मर्दैन झन प्रकोप बढ्दै गएको छ।एकरती नियन्त्रण भएन हाम्रो त बिजोगै हुने भइयो बागमती ६ का गणेश मगरले चिन्तित हुँदै भने।

यसरी फौजी किराको प्रकोपले मकैबाली नष्ट पारेपछि बागमती नगरपालिकाका जनप्रतिनिधि, कृषि ज्ञान केन्द्र सर्लाहीका प्रविधिक र बागमती नगरपालिकाअन्तर्गत कृषि शाखाका टोलीले प्रभावित क्षेत्रको अनुगमन गरेका छन्।

फौजी किरा प्रकोप नियन्त्रण र प्रभावित क्षेत्रका किसानका लागि बागमती नगरपालिकाले १ लाख र कृषि ज्ञानकेन्द्र सर्लाहीले २५ हजारको विषादी खरिद गरी किसानलाई निशुल्क बिषादी उपलब्ध गराइरहेको बागमती नगरपालिकाका कृषि शाखाका प्रमुख हिमालबहादुर शाहीले जानकारी दिए।   

कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख देवानन्द रायका अनुसार फौजी किराले मकैको नरम भाग गुवाबाट खान शुरु गरेर पूरै मकैको बोट नै ठुटो हुने गरी खाने बताए।उनका अनुसार रातको समयमा किरा सक्रिय हुने भएकोले साँझ पख बिषादी छर्कन किसानलाई सुझाव दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.