|
फाइल फोटो

मुगु : सुर्खेतबाट मुगु आउँदै गरेको बसको ठक्करबाट एकजना यात्रुको मृत्यु भएको छ। सुर्खेतबाट मुगु आउँदै गरेको भे १ ज ७९६ नम्बरको बसको ठक्करबाट मुगु जिल्ला सोरु गाउँपालिका २ का वर्ष १८ का लोकजन शाहीको मृत्यु भएको  हो।

सोमबार राति जुम्ला जिल्लाको कनका सुन्दरी गाउँपालिकाको रोकावाडा भन्ने ठाउँमा बसले ठक्कर दिँदा घाइते भएका शाहीको उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृत्यु भएको हो। मृतको शव पोस्टमार्टमका लागि अहिले कणाली स्वास्थ विज्ञान प्रतिष्ठानमा राखिएको र सवारि चालक र सवारिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

शवलाई मृतकका आफन्त आएपछि जिम्मा लगाउने जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.