|

दैलेख : सुर्खेतको कटुकामा दर्जनौँ गाई र गोरु मरेको विषयको अध्ययन गर्न नेपालगन्ज उपमहानगरपालिकाले बनाएको छानबिन समिति दैलेख आएको छ। मंगलबार समितिले दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसँग भेट गरेको र अन्य विभिन्न स्थानमा सोधपुछ गरेको टोलीले जानकारी दिएको छ।

उपमहानगरपालिकाले उच्चबारका अध्यक्ष विकास आचार्यको संयोजकत्वमा गठन गरेको ७ सदस्यीय छानबिन टोली दैलेख आएको हो। टोलीले जिल्ला समन्वय समिति नारायण नगरपालिका शिरिस्थान मन्दिरलगायतका विभिन्न स्थानमा सोधपुछ गरेको टोलीका सदस्य वसन्त गौतमले जानकारी दिए। टोली मंगलबार नै दैलेखबाट फर्किएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.