|

सोलुखुम्बु : लुक्लाबाट काठमाडौंका लागि उडेको सीता एयरको विमानको इन्जिन तीन मिनेटमै फेल भएको छ। लुक्लाबाट बिहान ८:२१ मा उडेको ’नाइनएन एजेएच’ नेपाली दर्ता नम्बर भएको उक्त जहाजको दायाँ इन्जिन उडानकै क्रममा फेल भएको प्राधिकरणले जनाएको छ।

विमानको एउटा इन्जिन फेल भए पनि सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गराइएको नेपाल नागरिक उड्यन प्राधिकरण लुक्लाका इन्चार्ज इमानाथ अधिकारीले जानकारी दिए। सो विमानमा चालक दलका ३ जना सदस्य मात्रै सवार थिए।

काठमाडौंबाट पर्यटक लिएर लुक्ला आएको विमान फर्कदा खाली फर्किएको नगारिक उड्यन प्राधिकरण लुक्लाले जनाएको छ। प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीका अनुसार उडिसकेपछि इन्जिन फेल भएकाले दुर्घटनाबाट जोगिएको हो।

जहाज उड्ने समयमा यस्तो भएको भए दुर्घटना हुन सक्ने उनको भनाइ छ।  क्याप्टेन भरत थापाले उडाएको जहाँज बिहान ८:५१ मा सकुशल अवतरण गरिएको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.