बिहानैदेखि बजार र पसल पनि बन्द

|

सर्लाही : सर्लाहीको हरिपूर्वा नगरपालिकास्थित केश्वर गरिब जनता माध्यमिक विद्यालयमा शिक्षक सहमतिको विषयमा विवाद हुँदा नौ दिनदेखि विद्यालयको पठनपाठन बन्द भएको छ। अन्यत्रबाट सरुवा भएर आउन चाहेका एकजना शिक्षकलाई विद्यालयमा सहमति दिने कि नदिने भन्ने विषयमा सुरु भएको विवादले राजनीतिक संरक्षण पाउँदा विवाद समाधान हुन नसकेको हो।

दुई पक्षबीच विवाद हुँदा अघिल्लो मंगलबारदेखि विद्यालयमा तालाबन्दी भएको थियो। विद्यालयमा राजनीतिक लडाइँ हुँदा प्रथम त्रैमासिक परीक्षा नै स्थगित भएको छ। जारी तालाबन्दी कायमै रहँदा अभिभावक र विद्यार्थीले चिन्ता व्यक्त गरिरहेका छन्। विवाद समाधान गर्न केही दिनअघि सदरमुकाम मलङ्गवास्थित जिल्ला समन्वय समितिमा सर्वपक्षीय छलफल गरिए पनि कुनै सहमति जुट्न सकेन। त्यसपछि विवादमा संलग्न पक्षबीचको झनझन् विवाद बढ्दै गएको छ।

विद्यालयको विवाद समाधान गरी पठनपाठन सञ्चालनको व्यवस्था मिलाउन माग गर्दै बुधवार स्थानीयले बिहानैबाट हरिपूर्वा बजार बन्द गराएको स्थानीय मुकेश झाले जानकारी दिए। विद्यालय क्षेत्रमा शान्ति कायम गरी बन्द, हड्ताल हुन नपर्नेमा पछिल्लो समय यसरी राजनीतिक दलले विवादको थलो बनाउँदा हरिपूर्वाका स्थानियले चिन्ता व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.