समन्वयसँग सोधपुछसँगै कागजात लगियो

|
फाइल फोटो

दैलेख : सुर्खेतको कटुका जंगलमा भीरबाट लडाएर भएको गौहत्या प्रकरण्मा छानबिनका लागि गृह मन्त्रालय काठमाडौंको टोली दैलेख आइपुगेको छ। मंगलबार साझ दैलेख आएको टोलीले बिहीबार बिहान दैलेखको धार्मिक स्थल श्रीस्थानमा पुगेर मन्दिरका पूजारीसँग सोधपुछ गरेको बताएको छ।

जिल्ला समन्वय समितिसँग सोधपुछसँगै कागजात लगिएको दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डार, भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर थापासँग फोनमार्फत कुराकानी गरिएको टोलीका संयोजक सागरमणि पाठकले बताए।

गृहमन्त्रालय काठमाडौंबाट दैलेख आएको सागरमणि पाठक संयोजक रहेका टोलीमा उनीसहित चारजना रहेका छन्। श्रीस्थान मन्दिरको स्थलगत अध्ययन पछि टोली बिहीबार सुर्खेत फिर्ता हुने संयोजक सागरमणि पाठकले जानकारी दिए। यसअघि नेपालगन्ज उपमहानगरपालिकाले पठाएको सातजनाको छानबिन टोली दैलेख आई विभिन्न निकायसँग सोधपुछ गरी फर्किसकेको छ।

समन्वयको पत्रबारे बहस

जिल्ला समन्वय समिति दैलेखले जिल्लामा उन्नत गाई दैलेख पठाइदिन भन्दै नेपालगन्ज उपहानगरपालिकालाई पठाएको आधिकारिक पत्रबारेमा अहिले जिल्लामा भिन्नभिन्न बहस सिर्जना भएका छन्। समन्वयले बनाएको पत्र नक्कली बनाइएको होकी भन्ने विषयले समेत अहिले चर्चा पाएको छ।

यता जिल्ला समन्वय समितिले बोर्डको निर्णयसहित नेपालगन्ज उपमहानगरपालिकालाई गाई दैलेख पठाइदिन सिफारिस गरेको बताउँदै समन्वयसँग रहेका सबै कागजात गृह मन्त्रालयको टोलीलाई बुझाइएको जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले बताए।

बाँकेको नेपालगन्जबाट दैलेख ल्याउँने भन्दै भदौ १३ गते शुक्रबार वीरेन्द्रनगर नगरपालिकाको कटकुवा र सुब्बाकुनाको जंगलको बीचमा दुई दर्जन बढी गाईगोरु मरेको अवस्थामा भेटिएका थिए भने अन्य घाइते अवस्थामा पाइएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.