|

काठमाडौं : नेपाल राष्ट्र बैंकले एटिएमबाट निकालिने रकमको सीमा घटाएको छ। ह्याकरले बैंकको सिस्टममै पसेर एटिएमबाट करोडौं रकम चोर्न सफल भएपछि राष्ट्र बैंकले यस्तो निर्णय लिएको हो। 

चिनियाँ ह्याकरहरुको समूहले नक्कली भिसा कार्ड प्रयोग गरेर तीनवटा बढी बैंकको एटीएमबाट करोडौँ चोर्न सफल भएपछि राष्ट्र बैंक यो निर्णयमा पुगेको हो। 

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रद्वारा हस्ताक्षरित पत्र अनुसार अब एटिएमबाट एक पटकमा अधिकतम् २० हजार रुपैयाँ र एक दिनमा ६० हजार रुपैयाँ मात्रै निकाल्न सकिने छ। यस भन्दा पहिले  एक दिनमा एक लाख रुपैयाँ र एक पटकमा अधिकतम् २५ हजार रुपैयाँसम्म निकाल्न पाइन्थ्यो। 

साताअघि चिनियाँ ह्याकरहरुको समूहले प्रभु र एनआईसी एसियासहितका बैंकको सिस्टम र भिसा कार्डको स्वीच नै ह्याक गरेर करोडौं रुपैयाँमा निकालेका थिए। तर समयमै सूचना पाएपछि प्रहरीले चिनियाँ ह्यकरहरुको समूहलाई पक्राउ गर्न सफल भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.