|

जिम्बाब्वेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा निधन भएको छ। जिम्बाब्वे स्वतन्त्र भएपछिका पहिलो राष्ट्रपति मुगाबेको उपचारका क्रममा सिंगापुरमा निधन भएको हो।

बिबिसीका अनुसार उनी गत अप्रिलदेखि सिंगापुरमा स्वास्थ्य समस्यासँग लडिरहेका थिए। मुगाबेको निधनको पुष्टि उनको परिवारले पनि गरेको छ। 

सन् २०१७ को नोभेम्बरमा सेनाले उनलाई अपदस्थ गरेको थियो। तीन दशक शासन गरेका उनी केही महिनादेखि विरामी परेपछि सिंगापुर गएका थिए।

मुगाबेको जन्म सन् १९२४ को फेब्रुअरीमा तत्कालीन रोडेसियामा भएको थियो। तत्कालीन सरकारको आलोचना गरेको भन्दै मुगाबेलाई सन् १९६४ मा मुद्दा नै दर्ता नगरी सिधै १० वर्षसम्म कारागारमा थुनिएको थियो। 

जिम्बाब्वे स्वतन्त्र भएपछि सन् १९८० मा मुगाबे देशको पहिलो प्रधानमन्त्री निवार्चित भएका थिए। उनी सन् १९८७ राष्ट्रपति बनेका थिए। 

शिक्षा र स्वास्थ्य क्षेत्रमा बहुसङ्ख्यक काला जातिका मानिसलाई महत्व दिएर आफ्नो शासनकालको सुरुका वर्षमा उनी निकै लोकप्रिय भएका थिए। तर विवादास्पद भूमिसुधार नीतिका कारण देशमा ठूलो आर्थिक सङ्कट उत्पन्न भएको उहाँमाथि आरोप लागेको थियो ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.