|

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालयले अर्गानिक पाठ्यक्रम निर्माणको तयारी गरेको छ। कर्णाली प्रदेश सरकारले अर्गानिक प्रदेश निर्माण लागि नीति तथा कार्यक्रम र बजेटसमेत ल्याइसकेको अवस्थामा विश्वविद्यालयले अर्गानिक पाठयक्रम निर्माणको तयारी गरेको हो।

विश्वविद्यालयले कृषि विभागअन्तर्गत अर्गानिक कृषिको लागि नै भनेर पाठ्यक्रम बनाउने तयारी गरेको हो। कासर यूनिभर्सीटी जर्मनीका पूर्वअर्गानिक संकायका डिन डा. पिटरले विशेषज्ञका रूपमा काम गरिरहेका छन्। दैलेखको गुराँस गाउँपालिका, सुर्खेतको चौकुने गाउँपालिका र दशरथपुरमा स्थलगत अध्ययन गर्दै अर्गानिक पाठ्यक्रमको सम्भावना तथा चुनौतीबारे अध्ययन अनुगमन गरिएको छ।

जर्मनीमा अर्गानिक क्षेत्रमा ३५ वर्षे अनुभव संगालेका डा. पिटरले कर्णालीमा अर्गानिक उत्पादनको सम्भावना राम्रो भएको बताए। उनले अर्गानिक विषयको चलला पाठयक्रम बनाउँदै गर्दा उत्पादित जनशक्तिको सदुपयोग र एक्सन प्लानको आवश्यक पर्ने उनको भनाइ छ।

कर्णाली प्रदेश सरकारले प्रदेशलाई अर्गानिक बनाउने घोषणा गरेसँगै प्रदेश सरकारको योजना सफल बनाउन उक्त पाठ्यक्रम निर्माण गर्न लागिएको निमित्त रजिष्ट्रार यामबहादुर कार्कीले जानकारी दिए।  ‘यो नेपालमै नयाँ बच्चाको रूपमा हामीले जन्म दिँदैछौँ। सरकारले लगानी गर्ने वातावरण र अध्ययन गरेका जनशक्तिको व्यवस्थापनमा जोड देओस्’ कार्कीले भने।

सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले नीति तथा कार्यक्रममा नै सल्यानको कपुरकोट तथा सुर्खेतको हर्रेमा विषादी परीक्षण चेकपोष्ट  निर्माण गर्ने तयारी भइरहेको बताए। उनले कर्णाली प्रदेश सरकार रैथाने बालीको संरक्षण गर्दै अर्गानिक मोडलमा जान खोजिरहेको स्पष्ट पारे।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वविद्यालयल अर्गानिक पाठ्यक्रम गराउने पक्ष राम्रो भएको बताए। राजनीतिज्ञले भिजन दिने र विश्वविद्यालयले अध्ययन र अनुसन्धान गरेर सोहीअनुसारको जनशक्ति निर्माण गर्नेपर्ने उनको भनाइ छ

कर्णाली सरकारको पहिलो प्राथमिकता भनेको रैथाने बालीको संरक्षण र अर्गानिक कृषि वस्तुको उत्पादनमा आत्मनिर्भर बनाउनु रहेको उनले स्पष्ट पारे। विश्वविद्यालयले उत्पादन गरेको प्राविधिक जनशक्तिलाई सरकारले काम दिन सक्ने बताए। अब कर्णालीमा मात्र होइन देश हुँदै विदेशमा पनि अर्गानिक उत्पादनका लागि कर्णालीलाई सम्झने अवस्था बनाउनु पर्ने शाहीको भनाइ छ।

'अब हाम्रो लाइफस्टाइल नै अर्गानीक बनाउनु पर्ने जरुरी देखिएको छ' उनले भने। मानव जिवनका लागि विषदी प्रयोग भएका खानेकुरा डरलाग्दो खतराका रुपमा भएकाले अर्गानिकलाई खाद्य वस्तु कर्णाली प्रदेशको लाइफ स्टाइलका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । 

मुख्यमन्त्री शाहीले अब प्रिजेन्टेशन गरेर नभई प्रयोगातमक शिक्षा दिनतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए। ‘इन्जिनियरिङ संकायमा अध्ययन गर्ने विद्यार्थीलाई प्राध्यापकले सडक, भौतिक पूर्वाधार निर्माणको अनुभव दिलाउनु होस’ उनले भने, ‘जसबाट विद्यार्थी काम सिक्ने र शिक्षा लगिसकेपछि पैसा कमाएर फर्कने वातावरण बनोस।’ कर्णालीमा प्राविधिक जनशक्ति कम भएको स्मरण गर्दै शैक्षिक संस्थाको त्यतातिर ध्यान जानुपर्नेमा शाहीको जोड छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.