इलाम : इलामको रोङ गाउँपालिकामा बाँस बोकेको ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। रोङ-१ शान्तिपुरबाट मेची राजमार्गतर्फ आउँदै गरेको मे १ ज २२५६ नम्बरको ट्रक सडकबाट करिब ५० मिटर तल खस्दा एकजनाको मृत्यु भएको हो। मृतकको सनाखत हुन सकेको छैन।
दुर्घटनापछि चालक हराइरहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईले जानकारी दिए।
चारजना सवार रहेका सो ट्रक दुर्घटनाबाट घाइते बनेका नरेश खड्का र रमेश चौहानलाई उपचारका लागि झापाको बिएन्डसी अस्पतालतर्फ पठाएको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।