कालिकोट : शुक्रबार राति भएको अविरल वर्षाका कारणले कर्णाली राजमार्ग अन्तर्गतको तिलागुफा नगरपालिका–७ टाकुल्ला खोलामा पहिरो गएको छ। अविरल वर्षापछिको पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको छ।
अवरुद्ध राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाकाबाट डोजर पठाइएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।
राजमार्ग अवरुद्ध हुँदा यातायात साधन चल्न नसकेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए। ‘अवरुद्ध राजमार्ग खुलाउन पहल थालिएको छ’ उनले भने, ‘अहिले डोजरको प्रयोग भइरहेको छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।