|

उदयपुर : उदयपुरमा प्रदेश १ सरकारले सुरु गरेको ‘म अघि बढ्छु’ कार्यक्रम सुरु भएको छ। बढ्दो विकृति, विसगंति न्यूनीकरण गर्ने उदेश्यले प्रदेश सरकारले सुरु गरेको कार्यक्रम सुरु भएको हो।

प्रदेश मातहतका १४ जिल्लाकै किशोर किशोरीलाई लक्षित गरी ‘म अघि बढ्छु’ अभियान सुरु गरिएको हो। सगरमाथा टिन्स क्लबको सञ्चालमा शनिबार विद्यालयका शिक्षक नायकलाई कार्यक्रमको बारेमा जानकारी दिँदै अभियान सुरु गरेको बताए।

प्रदेशको सामाजिक तथा सांस्कृतिक पंक्षलाई सुदृढ गर्दै किशोर अबश्थामा प्रवेश गरेका कक्षा ९–१२ मा अध्ययन गर्ने १३ देखि १९ वर्ष उमेर समुहका बिद्यार्थीलाई कुलतबाट जोगाउने लक्ष्यका साथ अभियान सुरु गरिएको हो।

तोकिएका उमेर समुहका बिद्यार्थीलाई संक्षम, सवल, जिम्वेवार, चरित्रवान, सकारात्मक, सुसंस्कृति, नैतिक, सभ्य, लागुऔषध दुव्र्यसनबाट मुक्त र सामाजिक उत्तरदायी बनाउने लक्ष्यकासाथ प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्यविधि तय गरी यो अभियान सुरु गरेको क्लवका मुख्य प्रशिक्षक तुलसीराम चौलागाईले बताए।

अभियानअन्‍तर्गत मन्त्रालयमा मन्त्रीको संयोजकत्वमा निर्देशक तथा अनुगमन समिति, सल्लाहकार समिति, कार्यक्रम कार्यान्वयन तथा संयोजन समिति, जिल्लास्तरमा अनुगमन समिति, प्रत्येक स्थानीय तहमा समन्वय तथा सहजिकरण समिति, सबै विद्यालयमा कार्यक्रम कार्यान्वयन समिति, विद्यालयभित्रै सगरमाथा टिन्स क्लब गठन गरिने उनले जानकारी दिए।

अभियानको उद्घाटन गर्दै प्रदेश सांसद बिमल कार्कीले किशोर किशोरी भित्रको प्रतिभा, खुवीलाई उजागर गर्न तथा लागु पदार्थ दुव्र्यसन, चेलिवेटी वेचबिखन विरुद्धको अभियान सञ्चालन गर्न यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। उनले स्कुले बिद्यार्थीहरु लागुऔषधको दलदलमा पछिल्लो समय निकै फसेको र त्यसले शारिरीक, मानसिक र पारिवारिक समस्या मात्र नभई प्रदेशको सामाजिक धरातललाई कमजोर बनाएकाले अभियान सुरु गरिएको बताए।

शिक्षामुलक कक्षा सञ्चालन, सामाजिक उत्तरदायि, विपद् व्यवस्थापन लगायत ६ वटा क्रियाकलापबाट ११ वटा उदेश्यको परिपुर्ति गर्नु कार्यक्रमको रणनीति रहेको जिल्ला स्तरीय अनुगमन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर खड्काले जानकारी दिए।

शिक्षक नायकलाई विपद् व्यवस्थापन किशोर किशोरी परिचलान सम्बन्धि उदयपुरका सशस्त्र प्रहरी प्रमुख गार्धन राई, लागुपदार्थ दुर्व्यसन न्यूनीकरणमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर माझी, अभियानको बिद्यालयमा बार्षिक कार्ययोजना तर्जुका बारेमा जानकारी माध्यमिक बिद्यालय खाँबुका प्रधानाध्यापक धर्मानन्द खतिवडा र म अघि बढ्छु, सगरमाथा टिन्स क्लवको बारेमा मुख्य प्रशिक्षक तुलसीराम चौलागाईले सहजिकरण गर्ने कार्यक्रम रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.