|

गुल्मी : जिल्ला समन्व्य समितिको कार्यालयमा  शुक्रबारदेखि सञ्चालन गरिएको शिविरमा ब्यवसायीको कर बुझाउन भीड लाग्यो।  धुर्कोट गाउँपालिका ७ वाग्लाको चौतरा गाउँकी  सावित्रा परियारले पनि शिविरमा आएर कर बुझाउन पाउँदा खुसी लागेको बताइन्।  

सदरमुकाम तम्घासका पुराना ब्यवसायी रेमलाल पाण्डेका अनुसार  कर बुझाउन बुटवल धाउँदा १० हजारसम्म पैसा र दुई तीन दिनसम्म समय खर्च हुने गर्दथ्यो अहिले जिल्ला मै शिविर सञ्चालन हुँदा त्यो पैसा र समय दुबै वचेको बताए।  

यस अगाडि  गुल्मीका ब्यवसायीलाई  गुल्मी उद्योग वाणिज्य संघले पनि एक हजार रुपैयाँ सेवा शुल्क लिएर बुटवल पाल्पा पुगेर कर बुझाई दिने र  ब्यवसाय र ब्यक्तिगत पान नम्वर उपलब्ध गराउँदै आएको थियो। अहिले चेम्वरअफ कमर्स गुल्मीले निशुल्क रुपमा जिल्लामा सञ्चालन गरेको शिविरमा पनि कर्मचारीदेखि विभिन्न पेशा ब्यवसाय गर्नेले ब्यक्तिगत पान नम्वर समेत धमाधम लिइरहेका छन्। 

चेम्वर अफ कमर्शले आज भन्दा १५ दिन अघि पनि गुल्मीका कर बुझाउने  शिविर सञ्चालन गरेको थियो । त्यति बेला एक हजार ३५ जनाले कर बुझाएका थिए। शुक्रबार र शनिबार सञ्चान भएको दोस्रो शिविरमा एक हजार तीन सय जनाले सेवा लिएको गुल्मी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

कर बुझाउन बुटवल र पाल्पा सम्म पुग्नु पर्ने बाध्यतालाई ध्यानमा राखी जिल्ला मै शिविर सञ्चालन गरेको गुल्मी चेम्वर अफ कमर्सका अध्यक्ष युवराज  न्यौपानेले बताए। 

शिविर सँगै संशोधित कर ब्यवस्थाको सम्वन्धमा ब्यवसायीबीच  अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम पनि दिइएको हो। जहाँ राजश्व अनुसन्धान विभाग काठमाणडाैंबाट उपसचिव टंक पाण्डे र  आन्तरिक राजश्व विभाग करदाता सेवा कार्यालय पाल्पाका  प्रमुख सागर थापाले सहजीकरण गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.