|

गुल्मी : जिल्लाको रेसुंगा नगरपालिका १० सिमीचौरका ४० वर्षीय बिनोद कुँवरले ब्यवसायिक कृषि खेती गरी मासिक दुई लाख रुपैयाँ आम्दामी गर्ने गरिरहेका छन्। तरकारी खेती गरेरै कुँवरको ६ जनाको परिवार पालेका छन्। उनले दैनिक ७ जनालाई रोजगारी समेत दिइरहेका छन्। 

कुँवरले बिनोद कृषि फर्म दर्ता गरी ६० रोपनी जग्गामा  ५० लाख लगानी गरी अहिले लटरम्मै घिरौला, लौका, सिमी  काउली र टमाटर फलाएका छन्। कुँवरले ८ वटा प्लाष्टिक टनेलमा व्इनसरी जातको टमाटर फल्ने क्रममा रहेको छ भने उनले सिंचाइका लागि ३ वटा प्लाष्टिक पोखरीमा पानी जम्मा गरी राखेका छन्। उनले तरकारीबाहेक लोकल कुखुरा, बोइलर लगायत बाख्रा समेत पाल्दै आएका छन्।

पहिले बिदेश जानका लागि योजना पनि बनाए तर नेपालमा नै केही गर्नु पर्छ भनेर लागे सुरु सुरुमा काम गर्न लाग्दा अरुका छोराले विदेशमा गएर पैसा कमाएका छन्।.विगतमा उनले 'यसले बिग्रने काम गर्दैछ' जस्ता शब्दहरू समेत गाउँलेले भन्ने गरेको समेत स्मरण गरे। अहिले उनीहरूले नै स्याव्वासी दिने गरेको कुँवरको भनाइ छ। उनका २ छोरा र एक छोरीले रिर्डश बोडिङमा अध्ययन गर्दै आएका छन्।

कुँवर बिहान ६ बजेदखी फर्ममा नै ब्यस्त हुन्छन् उनले जिल्लाको जिल्ला कारागार कार्यलयमा र रिर्डश बोडिङलाई तरकारी पुर्‍याउने ठेक्का समेत लिएको जानकारी दिए। उनले त्यति मात्रै होइन कारगारमा आवश्यक पर्ने मुढा बुन्नका लागि चाहिने बाँसको ब्यवस्था गर्ने समेत गरेको बताए।  

युवालाई बिदेश नजान आग्रह

कुँवरले नेपालका ऊर्जावान युवालाई बिदेश नजान आग्रह गरे। उनले भने, 'नेपाल कृषि प्रधान देश हो नेपालमा हावापानी र माटोले पनि साथ दिएको छ। त्यसैले नेपालको माटोलाई सदुपयोग गरी सुन फलाउन सकिन्छ। बिदेशमा गएर बिदेशीको गुलामी बन्नु भन्दा र दलालीको हातबाट नफसी घरपरिवारसँग हास्दै रमाउदैबस्नु राम्रो।' मासिक २ लाख सम्म कमाउन सक्ने आधारहरू भएकाले कृषिमा नै लाग्न उनले सुझाव दिए।

बिदेश गएर काम गर्न सक्ने उमेर बिदेशमा नै खर्चिने र पछि उमेर सकिएपछि पछुताउने चलनलाई अन्त्य गर्नुपर्दछ, यस्तो परिपाटीलाई अन्त्य गर्नका लागि युवा नै लाग्नु पर्दछ हामी जस्ताले नगरे कसले गर्ने?  

कार्यालयको पनि सहयोग 

बिनोद फर्मलाई कृषि ज्ञान केन्द्र गुल्मीले ९ लाखको मिस्टिङ सिंचाई पूर्वाधार  सहितको नर्सरी निर्माणका लागि ग्रिन हाउस ७५ प्रतिशत अनुदानमा सहयोग गरेको प्राविधिक सहायक सनबहादुर रानाले बताए। रानाका अनुसार कृषि कार्यालयले काम गर्ने युवाका लागि सहयोग गरिराखेको छ। अब स्थानीय तहहरूले युवालाई स्वदेशमा नै टिकाई राख्नाका लागि  युवा लक्षित कार्यक्रमहरू ल्याउन आवश्यक रहेको बताए।

यता रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले भने,'नेपाल कृषि प्रधान देश हो। कृषि गर्ने युवालाई नगरले दिल खोलेरै सहयोग गर्छ। किसानलाई सहयोग नगरे हामीले कसलाई सहयोग गर्ने ? त्यसैले युवा ब्यवसायिक कृषिमा लाग्नुहोस् हामी सहयोग गर्छौ।' 

उत्पादन भएका वस्तुहरूको बजारमा समस्या हुन नदिनका लागि नगरले हाट बजारको समेत संचालनमा ल्याउन लागेकाले ढुक्क भएर पेशामा लाग्न आग्रह गरे। कुँवरले जिल्ला कृषि ज्ञान केन्द्र  कार्यालयबाट मात्रै नभई प्याक्टबाट पनि १० लाख बराबरको अनुदान समेत लिएका छन्। 

आगामी योजना 

कुँवरले आगामी दिनहरूमा कृषि पेशामार्फत नमुना बन्नका लागि हाल गरिरहेको तरकारी खेतीको क्षेत्रफललाई बृद्धि गर्ने, ढवानीका लागि गाडी खरिद गर्ने, हाइटेक टनेललाई बिस्तार गर्ने र माछा पोखरी निर्माण गर्ने बताए। उनले आफूलाई प्रदेश ५ कै नमुना कृषकको रुपमा चिनाउनका लागि काम गर्ने योजना रहेको पनि बताए।

यसका लागि स्थानीय तह र प्रदेश सरकारले केही सहयोग गर्छ की भन्ने आशा त छ तर कही कतैबाट सहयोग नभए पनि आफनो योजनालाई सफल बनाएरै छाड्ने दाबी गरे।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.