|

काठमाडौः मदन पुरस्कार विजेता अमर न्यौपानेको चौथो कृति ‘गुलाबी उमेर’ लोकार्पण गरिएको छ।

राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार एक कार्यक्रम गरी साहित्यकार कृष्ण धरावासी, अभिनेत्री केकी अधिकारी र लेखक न्यौपानेले एकसाथ पुस्तक उपन्यास लोकार्पण गरे।

अभिनेत्री केकीले पुस्तकमा किशोरीका कथा र भावना लेखिएको बताइन्। 'किशोरी उमेर हो, समय हो' उनले भनिन्। यो समय सबैले काटेर आएका हुन्छन्। यो उमेरका मनोभावना सबैले बुझ्न पाउनुपर्छ। यस किताबले किशोरीको भावना लेख्न सफल भएको उनको भनाइ थियो। यस पुस्तकले उमेरलाई बिम्बको रुपमा व्याख्या गर्न सफल भएको पनि उनले बताइन्।

धरावासीले किशोरीका मनमा कस्ता कुरा खेल्छन् दुरुस्तै कितावमा उतार्न लेखक सफल भएको बताए। समय र उमेरका बारेमा विशेष गरी लेखिएको उनको भनाइ छ। १३-१९ वर्षका उमेरका किशोरीका मनोभावनालाई समेटिएर लेखिएको छ पुस्तक। किशोर उमेरका कुण्ठा लेखिएको छ' उनले भने। यो पुस्तकले लेखकको अन्य पुस्तक भन्दा फरक शैलीमा लेखिएको उनको भनाइ थियो। लेखकका अन्य किताव पनि पढेको उनले बताए। 

किशोरीले आफ्नो शिक्षकको लागि लेखिएको उपन्यास रहेको लेखक न्यौपानेले बताए। 'यो किताब हृदयले लेखिएको हो' उनले भने। यसमा किशोरीका मनमा भएका कुरा र मन, तनमा कस्ता परिवर्तन ती सबै विषय वस्तु समेटिएको उनको भनाइ थियो।

'विशेष गरी महिलाका बारेका कथा लेख्न मन छ' उनले भने,' उमेर रहस्यमय लाग्छ महिलाको।' 

यस अगाडि लेखकका पुस्तक घामको पानी, सेतो धर्ती, करोडौं कस्तुरी प्रकाशित भइसकेका छन्। गुलाबी उमेर फाइन प्रिन्टले प्रकाशित गरेको हो। पुस्तकको मूल्य ४९८ रहेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.