|

पाल्पा : नेकपा प्रचार विभागका केन्द्रीय उपप्रमुख सूर्य थापाले सरकारले गरेका राम्रो कामको प्रचार हुन नसक्दा जनतमा निरासा छाएको बताएका छन्। विपक्षीले नराम्रो कामको मात्र प्रचार गर्नु र सत्तापक्षले गरेका राम्रो कामको बारेमा प्रचार गर्न नसक्दा जनता भ्रममा समेत परेको उनले दावी गरे।

नेपाल कम्युनिष्ट पाटी (नेकपा) प्रचार प्रसार तथा प्रकाशन विभाग पाल्पाको आयोजनामा शनिबार तानसेनमा भएको पत्रकार र जनप्रतिनिधिबिच अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा सहजीकरण गर्दै उनले यस्तो बताएका हुन्।

'संघीय लोकतान्त्रीक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता राजनितिक मुद्दा नेकपाको सरकारले नै संस्थागत गरेको हो' उनले भने 'पछिल्लो समयमा सरकारले गरेका विकास निर्माणलगायतका रचनात्मक कार्यक्रमको प्रचार हुन सकिरहेको छैन्। जसले गर्दा विपक्षी दलले गलत प्रचार गरेर जनतालाई भ्रममा पारेको छ।'

पत्रकारले पाटीको गुनगान मात्र नभई गलत कामको आलोचना र टिप्पणी गरेर समाचार सम्प्रेषण गर्न उनले सुझाए। जनताको मत जितेर गएका जनप्रतिनिधिले जनताको माग र आवश्यकताअनुसार काम गर्नुपर्नेमा पनि उनले जोड दिए।

नेकपाका केन्द्रीय सदस्यद्वोय सोमप्रसाद पाण्डे र तुलाराम घर्तिमगर र प्रदेश सासद नारायण प्रसाद आचार्यले जनप्रतिनिधि र पत्रकारबीच समन्वय हुन आवश्यक रहेकोमा जोड दिएका थिए।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.