|

भद्रपुर : खुर्पा बनाउने क्रममा करेन्ट लागेर झापामा एक जनाको शनिबार मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्दशी गाउँपालिका ५ स्थित पिपलचोक बस्ने ४४ वर्षीय पूर्णबहादुर बिक रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार आफ्नै घरमा खुकुरी, कोदालो, खुर्पा, फलामको अन्य सामान बनाउने काम गर्दै आइरहेका विकले शनिबार बिहान खुर्पा बनाउने क्रममा अचानक ग्यालेनडरको पछाडिको भागको नट फुस्किँदा उनलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल लगिएकाे थियो। उनको उपचारका क्रममा पौने १ बजे मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.