|

दाङ : मदिराले मातेका चालकले हाँकेको ट्रयाक्टर घरभित्रै छिरेर किच्दा एकजना किशोरको मृत्यु भएको छ। 

आँगनमा बसिरहेका तुलसीपुर उपमहानगरपालिका–६ भगवती टोलका १३ वर्षीय अनिल बिकलाई ट्रयाक्टरले किचेको थियो। गम्भीर घाइते बिकको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शनिवार राति ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। 

तुलसीपुर–सुकौरा सडकखण्डमा रहेको बिक बेलुका ७ बजेतिर आँगनमा बसिरहेका बेला अत्यधिक मदिरा सेवन गरेका चालकले हाँकेको रा १ त २६३१ नम्वरको ट्याक्टरले किचेको थियो। सडक पार गर्दै पश्चिमतर्फ घरभित्रै छिरेको ट्रयाक्टरले घरको सटर समेत तोडेको छ। घरको पिलर समेत भत्किाएको छ। ट्रयाक्टर घरभित्र छिरेपछि तुलसीपुर उपमहानगरपालिका–१० बनगाउँका चालक ५२ वर्षीय कामी चौधरीलाइए स्थानीयले नियन्त्रणले लिएर प्रहरीको जिम्मा लगाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.