क्यान निलम्बन फुकुवामा महत्वपूर्ण प्रगति

|

काठमाडाैं : नेपाल क्रिकेट संघ क्यानको निलम्बन फुकुवामा महत्वपूर्ण प्रगति भएको छ। देशभरबाट जिल्ला र प्रदेश निर्वाचन सम्मपन्न भएसँगै अब केन्द्रीय निर्वाचन हुने निश्चित हुने भएको छ।

आइसिसीबाट गठित स्वतन्त्र कमिटीका कानुनि सल्लाहकार राजेश्वर श्रेष्ठले निलम्बन फुकुवामा महत्वपूर्ण प्रगति भएको बताए। उनले भने, ‘जिल्ला र प्रदेश निर्वाचन सम्मपन्न भएसँगै केन्द्रीय निर्वाचनको लागि वातावरण तय भएको छ। यसले निलम्बन फुकुवामा महत्वपूर्ण प्रगति भएको हो।’ उनले अब केन्द्रीय निर्वाचन असोज पहिलो साता हुने बताए। श्रेष्ठले भने,‘केन्द्रीय निर्वाचन असोज पहिलो सातानै हुने छ। त्यसका लागि ३ र ४ गते हुने विषयमा छलफल भइरहेको छ। आधिकारिक रुपमा मिति तय गर्न बाँकी छ।’

प्रदेश र जिल्लाबाट छनोट भएका ५९ प्रतिनिधिले केन्द्रीय निर्वाचनबाट क्यानको १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छन्। केन्द्रीय कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष १/१ जना हुनेछन्।

बाँकी १३ जना सदस्य हुनेछन्। क्यानको केन्द्रीय कार्यसमितिको कार्यकाल ४ वर्षको हुनेछ। क्यानको केन्द्रीय समितिको निर्वाचनपछि आइसिसीले नेपालको प्रतिबन्ध औपचारिक रुपमा फुकुवा गर्ने छ।

क्यानको निर्वाचनबारे आइसिसी अक्टोबरमा हुने बोर्ड बैठकमा फुकुवाको प्रस्ताव प्रस्तुत हुने छ। सरकारी हस्तक्षेप भएको भन्दै २०७३ को वैशाखमा आइसिसीले क्यानलाई निलम्बन गरेको थियो। त्यसयता खेलाडीहरू आइसिसीको निगरानीमा प्रतियोगिता खेलिरहेका छन्।

कुन प्रदेशबाट कति प्रतिनिधि

प्रदेश १ बाट ८ जना
प्रदेश २ बाट १२ जना
प्रदेश ३ बाट ९ जना
गण्डकी प्रदेशबाट ६ जना
प्रदेश ५ र ६ बाट  १२ जना
कर्णाली प्रदेशबाट १२ जना

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.