|
फाइल फोटो

कालिकोट : शनिबार बिहानैदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग अझैँ खुल्न सकेको छैन्। कर्णाली राजमार्ग अन्तर्गतको तिलागुफा नगरपालिका–७ टाकुल्ला खोलामा पहिरो गएर अवरुद्ध भएको राजमार्ग आइतबारसम्म खुल्न सकेको छैन्।

शुक्रबार अविरल वर्षापछिको पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको हो। अवरुद्ध राजमार्ग सडक डिभिजन कार्यालय जुम्लाबाट डोजर लगाएर खुलाउने प्रयास भइरहेको जनाएको छ।

अवरुद्ध राजमार्ग खुलाउनका लागि दुइटा डोजरले काम गरिहरहेको आइतबार बेलुकासम्म राजमार्ग खुल्ने जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी श्यामबाबु ओलीयाले बताए। ‘अवरुद्ध राजमार्ग खुलाउन दुई दिनदेखि दुई डोजरले काम गरिहेको छन्,’ उनले भने, ‘आइतबार बेलुकासम्म राजमार्ग खुल्ला हुनेछ।’

राजमार्ग अवरुद्ध हुँदा जुम्लाबाट सुर्खेत नेपालगन्जका लागि हिँडेका यात्रु बीच बाटोमा अलपत्र परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.