|

अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले तालिवानसँग शान्ति सम्झौता भंगको घोषणा गरेपछि अफगानिस्तानका राष्ट्रपती अशरफ घानीले प्रतिक्रियात्मक आह्वान गरेका छन्। घानीले तालिवानलाई हिंसा अन्त्य गर्न आग्रह गरेका हुन्। उनले तालिवानलाई सोझै आफ्नो सरकारसँग वार्ता गर्न आग्रह गरेको रोयटर्सले लेखेको छ।

अमेरिकाका राष्ट्रपती डोनाल्ड ट्रम्पले विद्रोही समूहसँगको शान्ति सम्झौता सम्बन्धि योजनाबद्ध बैठक रद्द गरेपछि अफगान राष्ट्रपती घानीले तालिवानलाई सिधै आफ्नो सरकारसँग वार्ता गर्न आग्रह गरेका हुन्। 'तालिवान युद्धविरामका लागि सहमत भएपछि मात्र वास्तविक शान्ति आउनेछ', घानीले भनेका छन्।

यसअघि काबुलमा एक अमेरीकी सैनिकसहित ११ जनाको ज्यान जानेगरी भएको आक्रमणपछि ट्रम्पले अप्रत्याशित रूपमा तालिवानका प्रमुख नेतासँगको शान्ति वार्ता रद्ध गरेको घोषणा गरेका थिए।

त्यसअघि अफगानिस्तानका लागि विशेष अमेरीकी राजदूत जल्मे खलीलजादले तालिवानसँग सैद्धान्ति रूपमा शान्ति सम्झौता हुने बताएका थिए। सम्झौतामा २० हप्ताको अवधिमा अमेरिकाले अफगानिस्तानबाट पाँच हजार ४०० सैनिक फिर्ता गर्ने उल्लेख थियो।

गतसाता अमेरिकाका पूर्व ९ राजदूतहरूले काबुल सरकार र तालिवानबीचको शान्ति सम्झौता अघि नै अमेरिकाले आफ्ना सैनिक फिर्ता गरे अफगानिस्तान गृह युद्धमा परेर पूर्ण रूपमा ध्वस्त हुनसक्ने चेतावनी दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.