मनोरञ्जन

हरि उप्रेतीको ' कस्तो चलन' गीत सार्वजनिक (भिडियो)
SHARES

भदौ २२, २०७६

    काठमाडाैं : गीतकार हरि उप्रेतीको नयाँ गीत 'कस्तो चलन' को म्युजिक भिडियो सार्वजनिक भएको छ।

    द भ्वाइस अफ नेपालका विजेता सीडी विजय अधिकारीको स्वर तथा संगीत रहेको गीतमा भने फणिन्द्र राइले एरेन्ज रहेको छ। गीतको म्युजिक भिडियोलाई हाइलाइट्स नेपालको यु ट्युबमार्फत आइतबार सार्वजनिक गरिएको हो।

    प्रहिल कार्कीको निर्देशन रहेको भिडियोमा अबेश बज्राचार्यको छायांकन र माधव बेलबासेको सम्पादन रहेको छ। म्युजिक भिडियोमा कृष्ण देवकोटा, पुजा, करन र सुनिलले अभिनय गरेका छन्।

    लामो समयदेखि अमेरिकामा रहेर नेपाली गीतको सिर्जनामा रहेका गीतकार उप्रेतीको करिब २ दर्जन गीतहरू सार्वजनिक भइसकेका छन् भने  १ दर्जन जति चलचित्रको गीतहरूमा उनको सिर्जना सुन्न सकिन्छ। सन् २०१५ बाट औपचारिक रुपमा गीत लेख्न सुरु गरेका उनको गीतमा नेपालका ख्यातिप्राप्त गायक गायिकाको आवाज दिएका छ्न्।

    उनले लेखेका गीतहरूले विभिन्न ५ वटा अवार्ड प्राप्त गरिसकेका छ्न्। गीतलेखनको साथै समाजसेवामा त्यतिकै अग्रसर गीतकार उप्रेतीले प्रभुनारायण चौधरी फाउन्डेसनबाट राष्ट्रिय सम्मान समेत प्राप्त गरिसकेका छन।

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]