|

भारतीय अन्तरिक्षक अनुसन्धान केन्द्र (इसरो)ले चन्द्रयान-२ को ल्यान्डर विक्रमसँग सम्बन्धी तस्वीरहरू प्राप्त भएको बताएको छ। इसरोका प्रमुख डा. के शिवनले चन्द्रमामा विक्रम ल्यान्डरका तस्वीर प्राप्त भएको पुष्टि गर्दै ल्यान्डरसँग सम्पर्क गर्न निरन्तर प्रयास गरिरहेका बताएका छन्।

४७ दिनको यात्रापछि शनिबार चन्द्रयान-२ को विक्रम ल्यान्डर चन्द्रमाको सतहभन्दा करिब २.१ किलोमिटरको दूरीमा रहेका बेला इसरोसँग सम्पर्क विच्छेद भएको थियो। आइतबार इसरो प्रमुख सिवनले इसरोकालाई चन्द्रमाको सतहमा यसको तस्वीर प्राप्त भएको र चन्द्रमामा चक्कर लगाइरहेको आर्बिटरले विक्रम ल्यान्डरको तस्वीर लिएको बताएका बिबिसीले जनाएको छ।

इसरो प्रमुख सिवनले समाचार एजेन्सी पिटीआइसँग भने 'आर्बिटरबाट प्राप्त भएको तस्वीरबाट विक्रम ल्यान्डर चन्द्रमामा हार्ड ल्यान्डिङ्ग भएको अनुमान गरिएको छ।' उनका अनुसार चन्द्रयान-२ को आर्बिटरमा जोडिएको क्यामेराले ल्यान्डरको भित्र प्रज्ञान रोवर भएको पुष्टि गरेको छ। यद्यपि उनले हार्ड ल्यान्डिङबाट ल्यान्डरमा क्षति पुगेको छ या छैन भन्ने स्पष्ट बताएका छैनन्।

आर्बिटरबाट लिइएको तस्वीरबाट चन्द्रयान निर्धारित स्थानभन्दा केही मिटरको दूरीमा रहेको पत्ता लागेको छ। चन्द्रमामा अवतरण गर्ने अन्तिम चरणमा पुगेको विक्रम ल्यान्डर चन्द्रमाको सतहभन्दा करिब २.१ किलोमीटर पर रहेका बेला सम्पर्क विच्छेद भएको थियो।

इसराले अन्तरिक्ष विज्ञानको इतिहास रच्नै लाग्दा शनिबार अवतरणको ६९ सेकेन्डअघि चन्द्रयान-२ को ल्यान्डर विक्रमसँग सम्पर्क हो। चन्द्रमाको दक्षिणी ध्रवमा ल्यान्डर विक्रम हिजो बिहान १ बजेर ५३ मिनेटमा अवतरण हुनुपर्ने थियो। सिवनले भारतीय मिशन ९९ प्रतिशत सफल रहेको मात्र अन्तिम चरणमा ल्यान्डरसँग सम्पर्क विच्छेद भएको बताएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.