|
चीनको ‘स्टेट काउन्सिलर’ एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमणका क्रममा आइतबार नेपाली भूमि टेक्दै।

काठमाडौं : नेपालको उत्तरी छिमेकी चीनका विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणको क्रममा काठमाडौंमा छन्। उनी आइतबार साँझ काठमाडौं आइपुगेका हुन्।

चीनका ‘स्टेट काउन्सिलर’ एवं विदेशमन्त्री वाङ यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीसहितको उच्चस्तरीय टोलीले स्वागत गरेको थियो।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल आएका चीनका विदेशमन्त्री वाङ यी सोमबार हुने नेपाल र चीनबीचको दुईपक्षीय परराष्ट्रमन्त्रीस्तरीय वार्ताका लागि वाङ काठमाडौं आएका हुन्। नेपाली प्रतिनिधि मण्डल र चिनियाँ प्रतिनिधि मण्डलबीच होटल याक एण्ड यतीमा भोलि वार्ता हुनेछ।

विदेशमन्त्री वाङ यीको भ्रमणलाई कार्तिकमा हुने भनिएको चीनका राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमणको तयारीको रूपमा हेरिएको छ।

विदेशमन्त्री वाङ यीले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, विदेशमन्त्री वाङ यीले पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता, पूर्वप्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।

पढ्नुहोस्ः

चिनियाँ विदेशमन्त्री वाङ यीको काठमाडौं अवतरण हेर्नुहोस् फोटो :

नेपालको औपचारिक भ्रमणमा आएका चीनका ‘¦स्टेट काउन्सिलर’ एवं विदेशमन्त्री वाङ यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार स्वागत गर्दै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव।

नेपाल भ्रमणमा आएका चीनका विदेशमन्त्री वाङ यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनमा स्वागत गर्दै परराष्ट्र सचिव शङ्करदास वैरागी।

नेपाल भ्रमणमा आएका चीनका विदेशमन्त्री वाङ यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनमा स्वागत गर्दै नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी।

नेपालको भ्रमणमा आएका चीनका विदेशमन्त्री वाङ यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनमा स्वागत गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल।

नेपाल भ्रमणमा आएका चीनका ‘स्टेट काउन्सिलर’ एवं विदेशमन्त्री वाङ यी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएका तस्वीर अभिरुचिपूर्वक अवलोकन गर्दै।

फोटो सहयोग : नवीन पौडेल/रासस

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.