|

काठमाडौं : नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक परेको छ।

आचार्यका पिता यामप्रसाद आचार्यको ६८ वर्षको उमेरमा काठमाडौंको कीर्तिपुरस्थित निवासमा निधन भएको हो । उनको सोमबार बिहान ७ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।  क्यान्सर पीडित दिवंगत आचार्यका श्रीमती दुई छाेरा र एक छाेरी छन्।महासंघका अध्यक्ष गोविन्द उनका जेठा छोरा हुन् ।

आचार्यलाई अन्तिम श्रद्धाञ्जली दिन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख कृष्णबहादुर महरा र सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत पत्रकारहरु पशुपति आर्यघाट पुगेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.