खेलकुद

इटाली युरोकप नजिक, स्पेन अपराजित
SHARES

भदौ २३, २०७६

    युरोपियन जाइन्ट इटाली युरोकप नजिक पुगेको छ। आइतबाबर राति भएको खेलमा फिनल्याण्डलाई २–१ ले पराजित गर्दै युरो कप छनोट नजिक पुगेको हो। त्यस्तै स्पेन पनि छनोट नजिक पुगेको छ। उसले आइसल्यान्डमाथि ४–० को जित निकाल्दै अपराजित यात्रा जारी राख्यो।

    चिरो इम्मोबिलीले ५९ औ मिनेटमा हेडमार्फत गोल गर्दै ईटालीलाई सुरुवाती अग्रता दिलाएका थिए। यद्यपि फिनल्याण्डका पुक्कीले ७२ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। तर महतवपुर्ण जित दिलाउने क्रममा चेल्सी स्टार जोर्गिन्होले पेनेल्टीमार्फत गोल गर्दे जित दिलाए। समुह जे मा शिर्ष स्थानमा रहेको इटालीलले ६ खेलबाट १८ अंक जोडेको छ । अब उसलाई प्रतियोगितामा ४ खेलमा ४ अंक आबश्यक छ।

    त्यस्तै युरो छनोट अन्तर्गतनै आईतबार घरेलु मैदानमा स्पेनले आईसल्याण्डलाई ४–० ले पराजित गर्दे आफ्नो अपराजित यात्रा जारी राख्यो। जितसँगै स्पेन समुह एफको शीर्ष स्थानमा कायम छ। स्पेन छनोटका सबै खेलमा अपराजित छ। उसले ६ खेलबाट १८ अंक जोडेको छ। उसले दोस्रो स्थानको स्विडेनसंग ७ अंकको अग्रता लिएको छ। आईसल्याण्ड अझै अंक विहिन हुदै तालिकाको पुछारमा छ।

    स्पेनको जितमा भ्यालेन्सिया रोड्रिगो र पाको अल्सासेरले समान २–२ गोल गरे। खेलमा अधिकांश समय हाबी देखिएको थियो। डिफेन्डर सर्जियो रामोसले स्पेनको जर्सीमा कीर्तिमानी १ सय ६७ क्याप खेले। उनले लिजेण्ड गोलकिपर ईकर कासिलासको राष्ट्रिय टिमबाट खेलेको सर्वाधिक क्यापको कीर्तिमान बराबरी गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]