|

सिरहा : सिरहाको पश्चिमवर्ती कर्जन्हा नगरपालिकामा प्रहरीले अवैध काठ धमाधम बरामद गरिरहेको छ । इलाका प्रहरी कार्यालय बन्दीपुरले करिब एक लाख रुपैयाँ मूल्यको अवैध काठ बरामद गरेको दुई दिनपछि रतनपुरबाट आइतबार पुनः तीन लाख रुपैयाँ मूल्यको काठ बरामद गरेका छ।

प्रहरीले कर्जन्हा नगरपालिका–१ रतनपुरबाट स्थानीय फडिन्द्र पोखरेलको स्वामित्वमा रहेको अवैध सःमिलबाट सालका विभिन्न साइजका १०० क्युफिट ६२ थान काठ बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार करिब तीन लाख रुपैयाँ बराबरको काठ बरामद गरी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय लहानमा बुझाइएको छ।

भारतीय मुद्रासहित पक्राउ

यस्तै, सखुवानन्कारकट्टी महेशबारीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले चेकजाँचको क्रममा दुई लाख रुपैयाँ भारतीय रुपैयाँसहित भगवानपुरका एक व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सिरहाको सीमावर्ती बजार ठाडीबाट लहानतर्फ आउँदै गरेको बिआर ३२ क्यु ४०३१ नम्बरको मोटरसाइकल चढेका भगवानपुर गाउँपालिका–४ का ४० वर्षीय ओमप्रकाश साहलाई शङ्कास्पद रुपमा राखेको भारतीय मुद्रा दुई लाख रुपैयाँसहित पक्राउ गरिएको छ। भारतीय मुद्रासहित पक्राउ गरिएका साहलाई थप अनुसन्धानका लागि सुनसरीको इटहरीस्थित आन्तारिक राजस्व विभाग बुझाइएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.