|

काठमाडौं : प्रत्येक बैंकले सम्पत्ति शुुद्धीकरण निवारण सम्वन्धी समिति गठन गर्नुपर्ने भएको छ। बैंकहरुमार्फत सम्पत्ति शुद्धीकरणमा कडाई गर्नको लागि यस्तो व्यवस्था गरिएको हो। 

समिति गैर कार्यकारी संचालकको संयोजकत्वमा गठन हुने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। अनुसन्धान विभागका विभागीय प्रमुख तथा जोखिम व्यवस्थापन विभागका प्रमुख सदस्य र सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा ७ बमोजिम नियुक्त भएको कार्यान्वयन अधिकारी सो समितिमा सदस्य सचिव रहने व्यवस्था गरिएको छ। 

समितिले सम्पत्ति शुद्धीकरण निवारण ऐन, नियमावली र बैंकबाट जारी निर्देशन बमोजिम भए गरेका काम कारबाहीको समीक्षा गरी संचालक समितिलाई जानकारी दिनुपर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.