|

हेटौंडा : उच्च सरकारी वकिलको कार्यालय, हेटौंडाले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्त टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार तथा उक्त प्रकरणका अभियुक्त युवराज कँडेल र अभियुक्त अस्मिता कार्कीलाई हिरासतमा नै राखेर अनुसन्धानका लागि अनुमति दिन उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दिएको छ। उक्त निवेदन दर्ता भएको छ।

सोमबार उच्च अदालत पाटन, हेटौँडा इजलाशमा उच्च  सरकारी वकिल कार्यालय, हेटौँडाले निवेदन  दिएको उच्च अदालत हेटौँडा इजलाशका रजिष्ट्रार विकास श्रेष्ठले जानकारी दिए।

निवेदनमाथि भोलि मंगलबार सुनुवाई हुने भएको छ।

यसअघि धरौटीमा छुटेका लामिछाने र कँडेलले आफूले आत्महत्या दुरुत्साहन नगरेकाले साधारण तारिखमा रिहा हुनुपर्ने र विदेश जान प्रतिबन्ध लगाउन नहुने भन्दै जिल्ला अदालत चितवनको आदेशविरुद्ध निवदेन दर्ता गराएका थिए।

पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोग लागेका लामिछाने र कँडेल जिल्ला अदालत चितवनको आदेशबाट रिहा भएका हुन्। उनीहरू ११ दिन हिरासतमा रहेर भदौ ९ गते रवि पाँच लाख र युवराज तीन लाख रुपैयाँ धरौटी तिरेर छुटेका हुन्। अस्मिता भने साधारण तारेखमा छुटेकी हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.