|

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रकृति, संस्कृति र साहसिक यात्रा प्रदेश पर्यटनको मुख्य आधार भएको बताएका छन्।

सोमबार पोखरा नदीपुरमा रहेको नेवार जातिको संग्रहालय निरीक्षण पश्चात पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिदै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले प्रदेशमा रहेको प्रकृति र साहसिक पर्यटनका ठाउँहरूलाई विभिन्न जातिको संस्कृतिसँग जोड्ने प्रयास गरिरहेको बताए।

गण्डकी प्रदेश जातजातिको संगम थलो भएको बताउँदै मुख्यमन्त्री गुरुङले विभिन्न जातिका संग्रहालय तथा सास्कृतिक पक्षहरुले प्रदेशमा आउने पर्यटकको बसाई लम्बाउन सहयोग पुग्ने बताए। उनले नेवार जातिको संस्कृतिमा धनी रहेको बताउँदै अन्य जातिको सांस्कृतिक पक्षहरूलाई जोगाउन आवश्यक रहेको समेत बताए।

मुख्यमन्त्री गुरुङले विभिन्न जातजातिका यस्ता सांस्कृतिक पक्षलाई जोगाउन प्रदेश सरकार नीतिगत रुपमा लागिरहेको बताए। निरीक्षणको क्रममा मुख्यमन्त्री गुरुङ नेवार समुदायको तीन शताब्दी पुरानो जनजीवनमा प्रयोग गरिने सामग्रीहरू अवालोकन गरेका थिए।

प्रदेशले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्ष घोषणा गरेर आन्तरिक पर्यटन आगमनलाई महत्व दिइरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.