अर्थ

नेपाल एसएमई मेलामा दुई करोडको कारोबार
SHARES

भदौ २३, २०७६

    काठमाडौं :‘नेपाल एसएमई व्यापार मेला २०१९ मा’ २ करोड बढीको कारोबार भएको छ। साना तथा मझौला व्यवसायी महासंघको आयोजनामा भएको मेलामा डेढ करोड देखि २ करोडसम्मको बिक्रि भएको आयोजकले जनाएका हुन्।

    महासंघका केन्द्रीय सदस्य एवं मेलाका संयोजक रविन थापाले अन्तिम दिन सोमबार सांझ सम्म ४५ हजार जनाले मेला अवलोकन गरेको बताए। मुलुकभरका साना तथा मझौला व्यवसायीका उत्पादित बस्तुलाई एउटै छानोमुनी विक्रि वितरणको साथै बजारिकरणको व्यवस्था गर्न गर्नका लागि महासंघले मेला आयोजना गरेको उल्लेख गर्दै उनले मेलाले अपेक्षित कारोबार भएको बताए। 

    विश्व पर्यटन दिवस एवम् हिन्दुहरुको महान चाड वडा दशैको अवसरमा महासंघले नेपाल एसएमई व्यापार मेला आयोजना गरेको हो। मेलामा ७७ वटा जिल्लाका साना तथा मझौला व्यवसायीका ७८ वटा स्टल थिए। उल्लेख्य रुपमा अवलोकनकर्ताहरु आएपछि व्यवसायीहरु पनि खुसी छन्। व्यवसायी मिलनविर मालाकार विक्रि मात्रै नभई नया नया उपभोक्तासंगको भेटघाटको अवसर मिल्ने भएकाले व्यापार प्रवद्र्धनका दृष्टिले मेला प्रभावकारी बनेको प्रतिक्रिया दिए।

    बिहिबार देखि सुरु भएको मेलामा साना तथा मझौला व्यवसायीद्धारा निर्मित हस्तर्निमित सामान, अर्गानिक चिया, बेतबाट बनेका साजसज्जाका सामान, हिमाली क्षेत्रमा पाईने जडिबुटी, कटुस, अकबरे खुर्सानी, भिर माहुरीको मह, हरियो चियापत्ति, शुद्ध तोरी तथा आलसको तेल लगायत औषधीजन्य जडिबुटीको साथै तयारी पोशाक, ढाकाका कपडा, नेपाली सुती कपडा लगायतका स्टलहरु राखिएको थियो। त्यसैगरी घरायसी स्वादका अचार, केक, मिठाई लगायतका खाद्य परिकार पनि मेलामा राखिएको थियो।

    अर्गानिक उत्पादन, हिमाली क्षेत्रका जडिबुटी र शुद्ध तोरीको तेल, नौनी तथा मह तथा सुती तथा ढाकाका कपडाका स्टलहरुमा अवलोकनकर्ताको आकर्षण देखिएको थियो। काष्ठनिर्मित सामान, पोते, नेपाली सुतीका कपडाको साथै बंगलादेशी तथा पाकिस्तानी उत्पादनमा पनि उपभोक्ताको भीड लागेको थियो। मेलामा बंगलादेश, पाकिस्तान र भारतका व्यवसायीले पनि सहभागीता जनाएका थिए। विहिबार देखि सुरु भएको मेला सोमबार सम्पन्न भएको छ।

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]